शेयेर गर्नुहोस
मान वहादुर ठकुल्ला /
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित नारायणपुर चौराहामा नारायणपुर जेसिजको सप्ताहव्यापी कार्यक्रमको उद्धघाटन हुने भएको छ ।
असोज १० गते शनिबार (भोली) देखि बिभिन्न कार्यक्रमको तयारी गरी जेसिज सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको हो ।
बिगतका बर्षहरुमा समेत यसरी कार्यक्रम गर्दै आएको र बिश्वमा फैलिएको माहामारी कोरोना भाइरस संक्रमण बाट सुरक्षित रहदै कार्यक्रमको थालनी गरिएको नारायणपुर जेसिजका अध्यक्ष शम्भु कडायतले जानकारी दिए ।
सात दिन सम्म संचालन हुने सप्ताहव्यापी कार्यक्रमको पहिलो उद्धघाटनका दिन टीकापुर नगरपालिका वडा नं. ६ स्थित स्वास्थ्य चौकीमा फलफुल बितरण गरिने छ ।
यसैगरी दोश्रो दिन जेसिजका पुर्व अध्यक्ष स्व. कुलदिप भट्टराई को १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिने छ । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन नारायणपुर चोकमा मास्क र सेनिटाईजर बितरण गरिने छ । भने चौथो दिनमा सत्ती स्थित शिब मन्दिर सरसफाईको कार्यक्रम रहेको अध्यक्ष कडायतले बताए ।
त्यस्तै पाचौं दिनमा स्लो मोटरसाईकल प्रतियोगिता, छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र कार्यक्रम समापनका दिन सम्मान भोजन सहित कार्यक्रमको समापन गरिने संस्थाका अध्यक्ष शम्भु कडायतले जानकारी दिए ।