शेयेर गर्नुहोस
मान बहादुर ठकुल्ला /
टीकापुर । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं. ७ स्थित नारायणपुर जेसिजले सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन सेनिटाईजर र मास्क बितरण गरिएको छ ।
आज अनौपचारिक रुपमा शुरु भएको जेसिज सप्ताहाव्यापी कार्यक्रम तेश्रो दिन प्रहरी लाई र बाटोमा हिड्ने यात्रीहरुलाई सेनिटाईजर र मास्क बितरण गरिएको हो ।
सात दिन सम्म संचालन हुने सप्ताहाव्यापी कार्यक्रममा नारायणपुरको बेलुवा चौराहामा प्रहरी र बाटो हिड्ने पैदल यात्री रिक्सा चालक लगायत गरि करिब बितरण ५सय भन्दा बढी ब्यक्तिलाई मास्क बितरण गरिएको नारायणपुर जेसिजका अध्यक्ष शम्भु कडायतले जानकारि दिनु भएको छ ।
सेनिटाईजर तथा मास्क बितरण कार्यक्रममा देब बहादुर बुढाथोकी, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरी नारायणपुर जेसिजका पुर्व अध्यक्ष नृप बहादुर कडायत र नारायणपुर जेसिजका मानार्थ सदस्य टोप बहादुर केसी लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा नारायणपुर जेसिजका अध्यक्ष शम्भु कडायतले कोरोना महामारीको जोखिममा प्रहरी अग्रपंक्तिमा रहने भएकाले र स्थानिय स्तरमा कारोना माहामारी फैलिने क्रम बढिरहेकोले जनचेतना फैलाउनका लागि यात्रीहरुलाई मास्क बितरण गरिएको बताउनु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको चौथो दिनमा सत्ती स्थित शिबमन्दिर सरसफाइ , पाचौं दिनमा स्लो मोटरसाईकल प्रतियोगिता ,छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र अन्तिम दिन सम्मान र भोजन सहित कार्यक्रम को समापन गरिने संस्थाका अध्यक्ष कडायतले जानकारी दिनु भयो ।