शेयेर गर्नुहोस
सत्ती । टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित पदम प्रकाशेश्वर महादेब मन्दिर परिसरमा आज बिहान सरसफाई गरिएको छ ।
नारायणपुर जेसिजको आयोजनामा सप्ताहव्यापी कार्यक्रमको चौथोे दिन सरसफाइ कार्यक्रम गरिएको हो ।
सरसफाई कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलीराम चौधरी, मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बिदुर कायस्थ लगायतका व्यक्तिको उपस्थिती रहेको थियो ।
सत्ती स्थित पदम प्रकाशेश्वर महादेब मन्दिर नेपाल कै सबै भन्दा ठुलो र मन्दिरमा विश्वकै दर्लभ प्राचिन शिबलिङ्ग रहेको स्थानियहरु बताउदै आएका छन ।
यसैगरी कार्यक्रमको पाचौं दिन भोली स्लो मोटरसाईकल प्रतियोगिता गरिने भएको छ । यसैगरी छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र कार्यक्रमको अन्तिम दिन सम्मान र भोजन सहित कार्यक्रमको आयोजना रहेको नारायणपुर जेसिजका अध्यक्ष शम्भु कडायतले जानजकारी दिए ।