शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा थप दश जनामा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीसहित एक महिला र नौ पुरुषलाई कोरोना संक्रमण देखिएको नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ का छजना, २ का दुईजना, ४ र ५ का १-१ जनामा कोरोना देखिएको हो ।
सोमबार संकलन गरेर पठाइएका स्वाब मध्ये टीकापुर नगरपालिकाका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएपछि बुधबार देखि २६ गरेसम्म नगरपालिकाका सम्पुर्ण सेवा बन्द रहनेगरि नगरपालिका कार्यालय सिल गरिएको छ । संक्रमण फैलिन नदिन नगरपालिकाका कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले सेवा बन्द गरि कार्यालय सिल गर्ने निर्णय नगर कार्यपालिकाको बैठकले गरेको हो ।
यो संगै टीकापुरमा जम्मा कोरोना संक्रमितको संख्या दुई सय २ पुगेको छ । जसमध्ये एक सय ५२ जना डिस्चार्ज भईसकेका छन् भने ५० जना सक्रिय संक्रमित रहेका छन् ।