टीकापुर प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

शेयेर गर्नुहोस

चिरञ्जीवी शर्मा, टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरले ठूलो परिणाममा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ठाउँबाट बरामद गरिएको करिब तीन सय लिटर अवैध मदिरा बुधबार टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, ईलाका प्रहरी कार्यालय टीकापुरका इन्स्पेक्टर अरुण बम लगायत स्थानीयको संलग्नतामा नष्ट गरिएको हो ।

कानुन विपरीत अवैध रुपमा मदिरा बेच्ने र यसले समुदायमा नकारात्मक असर गरेको भन्दै गोप्य सुचनाका आधारमा प्रहरीको गस्ती टोलिले मदिरा बरामद गरेको थियो । दशैं नजिकिदै गरेकाले समाजमा अवैध कामहरु बढ्दै जाने सम्भावना भएकाले टीकापुर प्रहरीले समुदायस्तरमा सामाजिक सुरक्षाका क्षेत्रमा सक्रियता बढाएको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed