बेलुवामा फुटबल प्रतियोगिता शुरु

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला /
टीकापुर ।
टीकापुर नगरपालिका वडा नम्बर ६ बेलुवामा एक हप्ते फुटबल प्रतियोगिता शुरु भएको छ ।
कालिका युवा क्लब नारायणपुरको आयोजनामा राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार देखि शुरु भएको हो ।
कालिका युवा क्लबका अध्यक्ष देब बहादुर बुढाथोकीको सभापतित्व मा भएको उद्घघाटन कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बलिराम चौधरी रहनु भएको थियो भने बिशिष्ठ अतिथिमा साविक नारायणपुर गाविसका अध्यक्ष फकिर सिंह कठायत रहनुभएको थियो ।
फुटबल प्रतियोगिता उद्घघाटन मा आयोजक कालिका युवा क्लब नारायणपुर र पशु हाटबजार युवा क्लब टीकापुर बिच भएको खेलमा पशु हाटबजार युवा क्लबलाई शुन्यका बिरुद्व ४ गोल गरेर कालिका युवा क्लब नारायणपुर बिजयी भएको हो ।
खेलको दोश्रो हाफमा कालिका युवा क्लबका प्रेम चौधरीले १ गोल गरि जित निश्चित गर्नुभएको थियो भने सुरज तिरुवाले अर्काे १ गोल गरि अग्रस्थानमा पुर्याउनु भएको थियो ।
त्यसकै केही मिनेटपछि कालिका युवा क्लबकै भिम थापा र मिरन टमट्टाले १÷१ गोल गर्नुभएको थियो । ३० गते सम्म संचालन हुने प्रतियोगितामा टीकापुर, भजनी, लम्की लगायतका क्षेत्रका २२ वटा टिमको सहभागिता हुने खेल संयोजक किरण कडायतले जानकारी दिनुभयो ।
फुटबल प्रतियोगिताको उद्घघाटन सत्रमा नेपाल रेडक्रस सोसाईटी नारायणपुर उपशाखाका टोप बहादुर केसी, लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिंह कडायत, बिपी निकुञ्ज सामुदायिक वनका उपाध्यक्ष ज्ञानी नायक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको सञ्चालन वडा नम्बर ६ का वडा सदस्य लायकराम चौधरीले गर्नु भएको थियो भने स्वागत खेल संयोजक किरण कडायतले गर्नुभएको थियो ।
खेल संयोजक किरण कडायत का अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार नगद र दोश्रो हुने टिम लाई १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

ताजा खबर

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

amazed