भजनीे ट्राफिक बिट बामदेव गौतमद्वारा उद्घाटन

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला /

भजनी । कैलालीको भजनी नगरपालिकामा सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आज ट्राफिक प्रहरी बिटको उद्घघाटन गर्नु भएको छ ।
भजनी नगरपालिकाको सहयोगमा १ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको ट्राफिक प्रहरी बिटको उहाँले उद्घाटन गर्नु भएको हो ।
नगरपालिकाको वडा न ३ भजनी बजारमा एक कार्यक्रमका बिच बिटको उद्घघाटन तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख बामदेव गौतम रहनु भएको थियो ।
प्रमुख अतिथि गौतमले भजनी नगरपालिकाले ट्राफिक प्रहरी बिट बनाई सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्नु भयो । यस क्षेत्रमा हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरी सदैब लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा भजनी नगरपालिकाका उप प्रमुख छाँया देबकोटाले समेत मनतव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानिय नेता कार्यक्रर्ता तथा सबैसाधारणहरुको समेत सहभागिता रहेको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *