आज थप १९ जना कोरोना संक्रमितको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ७ सय ४९ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ हजार ३७ हजार ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed