पोष्टमार्टम रिपोर्ट गलत भन्दै मृतक पत्रकार पहराईको न्यायका लागि अदालतमा धर्ना

शेयेर गर्नुहोस

सुखड । असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका–५ को सामुदायिक वनमा मृत भेटिएकी पत्रकार निर्मला पहराईको पोष्टमार्टम र प्रहरी रिपोर्ट गलत भएको भन्दै उनका आफन्तले विरोध जनाएका छन्।

बिहिबार उनका आफन्तले जिल्ला अदालत कैलाली अगाडि धर्ना बसेर न्यायको माग गरिरहेका छन्। उनको हत्या नै भएको अवस्थामा प्रहरीले झुटा रिपोर्ट पेश गरी आत्महत्या बनाएको भन्दै निर्मलाका दाई तपेन्द पहराईले आरोप लगाए। ‘प्रहरीको रिपोर्ट हामी मान्दैनौ, हत्यारालाई उन्मुक्ति दिनुहुदैन’ उनले भने। आफन्तले निर्मलासँगै कार्यरत एक सहकर्मीले उनको हत्या गरेको आशंका गरेका छन्।

रेडियो कैलालीमा कार्यरत पहराई गत भदौँ ३१ गतेदेखि हराएकी थिइन। उनी हराएको ३ दिन पछि घोडाघोडी नगरपालिका ५ मा रहेको फूलबारी सामुदायिक बनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो।

ताजा खबर

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *