भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण

शेयेर गर्नुहोस

एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट भारतमा बितेको चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ । पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैबीच, भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा एक लाख ९६ हजार ७६१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित बिरामी रहेका छन् ।

महाराष्ट्रमा हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार व्यक्ति निको भएका छन् । अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा एक लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ ।

केरला राज्यमा भने १ हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार यहाँ २ लाख १५ हजार व्यक्ति निको भएका छन् भने ९३ हजार ९२५ जना अझै सक्रिय संक्रमित अवस्थामा छन् ।

आन्ध्र प्रदेशमा ६ हजार ३१९ जनाको मृत्यु भइसकेको छ भने अझै ४१ हजार ६६९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यस्तै पाँच हजार ८९८ जनाको मृत्यु भएको नयाँदिल्लीमा २१ हजार ९०३ जना सक्रिय संक्रमित छन् ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ । एएनआई

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *