खाद्य संस्थानले काँटा संचालन नगर्दा व्यापारीको मनपरी–धान फलाउने किसान मूल्य तोक्ने व्यापारी

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला / टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा खाद्य संस्थानले धान खरिदका लागि काँटा संचालन समयमै गर्न नसक्दा गल्ला व्यापारीको मनोमानी ढंगले खरिद गरिरहेका छन । सरकारले धानको मूल्य तोके पनि कार्यान्वयन नहुँदा किसान सस्तो मूल्यमा धान बेच्न बाध्य छन् । सङ्घीय सरकारले गत जेठ महिना मानै धानको समर्थन मूल्य कायम गरे पनि व्यापारीले कार्यान्वयन नगरेपछि किसान व्यवसायीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएका हुन् । खाद्य संस्थानले पनि किसानले सस्तोमा धान बेचिसकेपछि मात्रै खरिद सुरु गर्ने भएकाले बजारमा गल्ला व्यापारीको मनोमानी छ ।
सङ्घीय सरकारले गएको जेठ महिनामा मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम मसिनो धानको मूल्य २ हजार ८ सय ८७ कायम गर्यो । तर अहिलेसम्म त्यो मूल्य बजारमा कार्यान्वयन भएको छैन । किसान भने व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य छन् । अहिले बजारमा १ हजार ८ सयदेखि २ हजार १ सय रुपैयाँ प्रतिक्विन्टलका दरले किसान धान बेच्न बाध्य छन् । सरकारले मूल्य तोके पनि व्यापारीले त्यो मूल्य लागू नगर्दा आफूहरू समस्यामा परेको टीकापुरका किसान रामदाश चौभरीले बताए । दसैँ आइसक्यो खर्च छैन यही धान बेचेर दसैँ मनाउने सोच छ तर धानको रेट एकदमै कम छ उनले भने । धानको गुणस्तर लाई देखाएर व्यापारीले मनलाग्दी मूल्यमा धान खरिद गर्ने गरेको चौधरीको दुखेसो छ । कैलाली टीकापुर ८ नेपाली काँग्रेसका नेता शेर बहादुर साउँदले सरकारले मुल्यनिर्धारण गरे पनि खरिद नगर्दा किसान मर्कामा परेको बताए । सहकारी मार्फत सरकारले धान खरिद गर्नुपर्ने उनको माग छ ।
खाद्य कम्पनीले भने अहिलेसम्म धान खरिद गर्ने सुरसार नै गरेको छैन । तिहारपछि मात्रै धान खरिद गर्ने संस्थानको तयारी छ । जबकि त्यो बेलासम्म यहाँका अधिकांश किसानले धान बेचिसक्ने गरेका छन् । प्रदेशको कृषि मन्त्रालयले पनि यो विषयमा कुनै चासो देखाएको छैन । हरेक वर्ष सरकारले धानको मूल्य कायम गर्ने गरे पनि व्यापारीले त्यसलाई बेवास्ता गर्दै आफूखुसी मूल्य निर्धारण गर्दै आएका छन् । तर सरोकारवाला निकायले यसको अनुगमन गर्ने र तोकेको मूल्य कायम गराउनेतर्फ ध्यान नदिँदा किसान समस्यामा पर्दै आएका छन् । दसैँ तिहार जस्ता चाडबाड मनाउन र दैनिक खर्च चलाउन पनि उत्पादन भएपछि धान बेच्नुपर्ने किसानको बाध्यता छ । खाद्य संस्थानले बेलैमा धान खरिद नगरिदिँदा आफूहरू बढी समस्यामा पर्ने गरेको किसानको भनाइ छ । बिचौलिया र व्यापारी मोटाउने र किसान सधैँ समस्यामा पर्ने यो प्रवृत्ति अन्त्य गर्न सरकारले प्रभावकारी अनुगमन गरी अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याउन किसानले माग गरेका छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *