शेयेर गर्नुहोस
टीकापुर । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका—१२ स्थित प्रहरी चौकीका प्रमुख असइ मृत फेला परेका छन् ।
शनिबार रातिदेखि बेपत्ता भएका असइ गोविन्द बिकको शव आइतबार (आज) बिहान नेपाल भारत सीमा नाका मोहना नदीमा फेला परको हो ।
उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने हालसम्म फेला परेका छैनन । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएको प्रहरीले जानकारी दिएको छ ।
खोजी गर्दै जाँदा आज बिहान प्रहरी चौकीबाट करिब १ किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको छ भने र करीव ३ किलोमिटरको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको छ ।
नेपाल भारत सीमामा तस्करी हुदै आएको र तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।