टीकाको शुभ साइत १० गते बिहान १०ः१९ मा

शेयेर गर्नुहोस

काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १०ः१९ मिनेटको लागि जुरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १०ः१९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ ।

यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो ।

त्यस्तै, फूलपाती भित्र्याउनको लागि शुभ साइतको आवश्यकता पर्दैन । षष्ठीको दिन बेललाई निम्ता दिने र सप्तमीको दिन बिहान बेल टिपेर साँझमा बेल पूजा गर्ने विधान रहेको छ ।

त्यस्तै, कात्तिक ७ गते फूलपातीको दिन बिहान ८ ः५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १०ः१४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ ।

विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ ः४७ मिनेटको लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १०ः११ मिनेटको लागि तोकेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *