शेयेर गर्नुहोस
धनगढी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका दार्चुलाका पुरुषको शव कैलालीमा व्यवस्थापन गरिएको छ ।
उपचारका क्रममा मृत्यु भएका दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको शव ब्यबस्थापन नेपाली सेनाले गरेको हो ।
भवानीदल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा खटिएको टोलीले कैलालीको गोदावरी–४ तेघरीको जंगलमा शव व्यवस्थापन गरेको जनाएको छ ।
चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी आएका उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।
उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।