शुभकामना बिजया दशमीको

शेयेर गर्नुहोस

आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।

अस्वस्थामाको जस्तो आयु होस्, राजा जनकको जस्तो यश फैलियोस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, हावा जस्तो वेगावान बन्नु अनि राजकुमार दुर्योधनको जस्तो मानसम्मान होस् भनी मान्यजनले टीका, जमराको साथमा आशिष प्रदान गर्ने नेपाली हरुको महान पर्व तपाईं हाम्रो समीपमै छ । आज विजयादशमीको सातौं दिन ।
विभिन्न काम विशेषले देशभित्रै र विश्वका कुना कुनामा पुगेका नेपालीहरू जस्तोसुकै परिस्थीतिमा दशैं मनाउन घर फर्कि सकेका छन् भने घर फर्किने क्रम जारी छ । घरपरिवार र छरछिमेकमा कारणवश मनमुटाव भएर बोलचाल बन्द भएको भए पनि बडादशैंले पुनः एक पटक हामीबीच रहेको तिक्तता र द्वोषलाई मेटाउने काम गर्नेछ । हाम्रा चाडपर्व हाम्रा सांस्कृतिक धरोहर हुन् । त्यसैले चाडपर्वलाई तडकभडक र खर्चिलो बनाउनु भन्दा पनि साँस्कृतिक जगेर्नाका लागि मनाइनु पर्दछ ।
अब हाम्रो भेट कार्तिक १२ गते हुने जानकारी गराउँदै बडा दशैं २०७७ ले हाम्रा समस्त पाठक, विज्ञापनदाता, लेखकवर्ग, स्तम्भकार, मुद्रण कार्यमा संलग्न, सम्पूर्ण सञ्चारकर्मी मित्र तथा शुभचिन्तकहरु मा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *