शेयेर गर्नुहोस
टीकापुरका बिभिन्न ठाउँहरुमा डिजे बाजा बजाउने युवाको जमात बढ्दैछ । राती अबेरसम्म फुल साउण्डमा डिजे बाजा बजाउने र बिभिन्न नसा सेवन गरी होहल्ला गर्ने कार्य समेत छ । यस्तो अवस्थाले आसपासको बाताबरण नै खल्बलिएको छ । विवाहका नाममा ३÷४ दिन लगातार बाजा बजाउने र रक्सीले मात्तिएर अपशब्द समेत प्रयोग गर्दा छरछिमेकमा असहज परिस्थिती सृजना भएको छ । जन्मोत्सवका नाममा होस या अन्य कुनैपनि बहानामा डिजे बाजा बजाउदा करिब १ सय मिटर टाढासम्म बाताबरण नै खल्बिलिने गर्दछ । यो बाजाले स्कुल, कलेज बढ्ने बिद्यार्थीहरु लाई समेत नराम्रो असर पारेको छ ।
यो कार्य अन्य ठाउँको तुलनामा टीकापुर ब्लक नं. ९ लम्की पुलदेखि पूर्व पार्क जाने पक्की सडकको वस्तीमा छ । केहि दिन पहिले मात्र स्थानियले डिजे बाजा रोक्न प्रहरीलाई जानकारी नगराएका होइनन । प्रहरी समेत राती बाजा बजाउने स्थानसम्म नपूगेका होइनन । प्रहरीले बाजा बजाउन बन्द गराएकै हुन । तर प्रहरी फर्किसक्दा पूनः नसा सेवन गरी मात्तिएका हरु बाजा बजाउदै होहल्ला गर्न थालेपछि पूनः छरछिमेकमा बताबरण खल्बिलियो । प्रायजसो प्रत्येक रात कुनै न कुनै बाहानामा डिजे बाजा बजाउने ब्लक नं. ९ को यो वस्तीमा प्रहरीले गस्ती बढाउन नितान्त आवश्यक देखिन्छ । रक्सी, चरेस ब्राउन सुगर लगायतका सेवन गर्ने गिरोह समेत छ यो बस्तीमा । यही बस्ती नजिक बाट बिगतमा प्रहरीले कैयौं पटक अपराधिक कृयाकलापमा सक्रिय युवाहरु लाई पक्राउ गरेको पनि छ ।
तसर्थ टीकापुरमा बिभिन्न अपराधिक कृयाकलाप बढ्दा समेत टीकापुर प्रहरीले गम्भिर रुपमा लिएको देखिदैन । राती बजाउने बाजा तथा अन्य अपराध नियन्त्रणमा इलाका प्रहरी कार्यालय टीकापुरले गम्भिररुपमा लिन आवश्यक छ ।