छोराद्वारा आमाको हत्या आरोप

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्याको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले शनिबार राती घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जानकारी दिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

कुटपिट गरी हत्या गर्ने छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *