पत्रकार उपाध्यायलाई ५१ हजार सहयोग

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरका पत्रकार मातृका प्रसाद उपाध्यायलाई स्वास्थ्य उपचारका लागि आज ५१ हजार रुपैयाँ सहयोग गरिएको छ ।
सुदूरपश्चिमाञ्चल मिडिया फाउन्डेशनको पहलमा बिभिन्न मिडिया हाउस तथा समाजसेवीबाट संकलित रकम हस्तान्त्रण गरिएको हो ।
उपचारका लागि सहयोग गर्नेहरुमा टीकापुरबाट प्रकाशित मलवारा दैनिक, कालान्तर दैनिक, समाधान न्यूज दैनिकले ५÷५ हजारका दरले सहयोग गरेका छन ।
यसैगरी टीकापुरबाट प्रशारित रेडियो नमस्ते, शान्ति नेपाल सामुदायिक एफएम, काइट्स एफएम र गोचाली एफएमले समेत ५÷५ हजारका दरले सहयोग गरेका छन ।
त्यस्तै टीकापुर स्थित निदिम फेन्सी स्टोरले ६ हजार, सामुदायिक सिकाइ केन्द्र टीकापुरले ५ हजार र साइ बिएम एग्रिकल्चर टीकापुर–२ ले ५ हजार रुपैयाँ सहयोग गरेका छन ।
संकलित रकम पत्रकार मातृका प्रसाद उपाध्यायको नाममा रहेको सानिमा बैंक टीकापुरको खाता नं. ०५५०११०६००००१३७ मा जम्मागरी पत्रकार उपाध्यायका भाई प्रकाश उपाध्यायलाई हस्तान्त्रण गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरी उक्त बैंक जम्मा भौचर समाजसेवी एवं टीकापुर अस्पताल बिकाश समितिका अध्यक्ष दिपक वहादुर रावलबाट हस्तान्त्रण गरिएको हो ।
पत्रकार उपाध्याय लामो समयदेखि पत्रकारिताक्षेत्रमा कृयाशिल हुनुहुन्छ । हाल उहाँको काठमाडौंमा रक्त क्यान्सरको उपचार भई रहेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *