फोहोर रगत सफा गर्न पिउनुस् यी ५ पेयपदार्थ

शेयेर गर्नुहोस

एजेन्सी । रगतद्वारा हाम्रो शरीरको पूरै प्रणाली सञ्चालन हुन्छ । शुद्ध रगत नै हाम्रो जीवनको आधार हो । रगतले नै हाम्रो शरीरको हरेक अंगमा अक्सिजन र पोषक तत्त्व सञ्चार गर्ने काम गर्छ । शरीरमा हर्मोनहरु पनि रगतबाट नै उत्पादन हुने गर्छ । त्यसैले शरीरमा भएको रगतमा कुनै खराबी वा समस्या आएमा पूरै शरीरलाई असर पर्न जान्छ ।

प्रायः हामीले खाने खानेकुरामा यस्ता थुप्रै तत्त्वहरु पाइन्छन् जसले शरीरलाई नोक्सान पुर्याइरहेको हुन्छ । कुनै कुनै तत्त्वहरु हाम्रो शरीरका लागि अनावश्यक हुन्छ । त्यस्ता तत्त्वहरुलाई टोक्सिन्स भन्ने गरिन्छ । समय समयमा टोक्सिनलाई शरीरबाट निकाल्नको लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।

शरीरमा भएको रगतलाई शुद्ध बनाउनको लागि खानेकुरामा केही पदार्थहरु सामेल गर्नुपर्छ ।

साग / सब्जी
वैज्ञानिक प्रयोगपछि केही साग तथा सब्जीहरुले रगत सफा गर्नको लागि उपयोगी हुने पत्ता लागेको छ । पालक, चुकन्दर, लसुन, अदुवा, ब्रोकाउली, हरिया सागसब्जीहरु रगत सफा गर्नको लािग मद्दतगार मानिन्छ । यी सब्जीहरु उमालेर पिस्ने र लेदो बनाउने र आधा गिलास पानी हालेर खाने गर्नुपर्छ । यसको स्वाद मन नपरे यसमा कालो नुन वा कागतीको रस मिसाएर खाने गर्दा रगत सफा हुन्छ । यो कार्य हप्तामा दुईपटक गर्ने गर्नुपर्छ ।

धनियाँ र पुदिना
धनियाँ र पुदिना स्वास्थ्यका लागि निकै गुणकारी मानिन्छ । धनियाँ रगत सफा गर्नको निकै महत्त्वपूर्ण मानिन्छ भने पुदिना पेटसम्बन्धी हरेक समस्याका लागि फाइदाजनक मानिन्छ । रगत सफा गर्नको लागि धनियाँ र पुदिनाको पात मिसाएर चिया बनाएर पिउँनुपर्छ । एक गिलास पानीमा केही धनियाँ र पुदिनाको पातहरु राखेर १० मिनेटसम्म उमाल्ने र छानेर मनतातो पानी बिहान बिहान पिउने गर्दा निकै फाइदाजनक हुन्छ ।

तुलसीको पात
तुलसीको पातले प्राकृतिक रुपमा डिटोक्सको काम गर्ने गर्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल र एन्टि भाइरल गुण समेत हुन्छ । यदि हरेक दिन ८ देखि १० वटा पात चपाउने गर्दा रगतमा भएको फोहोर सफा हुन्छ । यसका साथै हरेक बिहान चियामा तुलसीको पात हालेर पिउँने गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन । एक गिलास पानीमा १० देखि १५ तुलसीको पात हाल्ने र १० मिनेटसम्म पकाउने र त्यो पानीलाई छानेर चियाको रुपमा पिउने गर्दा रगत सफा हुन्छ ।

कागती
कागती भिटामिन सीको प्रमुख स्रोत हो । यसमा एसिडिक गुण पाइन्छ जसले रगतमा भएको फोहोर पदार्थ सफा गर्छ । प्राकृतिक रुपमा औषधिय गुणले भरिपूर्ण कागती पानी हरेक दिन एक गिलास पिउने हो भने यसले रगत सफा गर्न निकै मद्दत गर्छ । जसले रगतमा भएको फोहोर टोक्सिन दिशामार्फत बाहिर निकाल्छ । यसले रगत सफा गर्नुका साथै भिटामिन सी पनि शरीरलाई प्रदान गर्न भने शरीरको तौल पनि घटाउन मद्दत गर्छ ।

अदुवा र गुड
गुड र अदुवाका थुप्रै फाइदाहरु छन् । गुडले पेट सफा गर्छ । राति खानापछि गुड पानी खाँदा खाना पचाउँन मद्दत गर्छ । गुडले शरीरमा भएको टोक्सिन बाहिर निकाल्छ । रगत सफा गर्नको लागि अदुवा र गुड मिलाएर चिया बनाएर पिउने गर्नुपर्छ । यसको लागि एक अदुवा पिसेर गुडमा मिसाउने र ५ देखि ६ मिनेटसम्म पकाउने यसले चिसो लागेको पनि निको गर्छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *