सामूहिक बलात्कारको आरोप, ८ जना सार्वजनिक

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नं. ५ मा १३ र १४ बर्षिया २ किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।

बलात्कारको आरोपमा जानकी गाउँपालिका – ५ कै १७ वर्षिय कृष्ण नगरकोटी, १९ वर्षिय धिरेन्द्र विष्ट, नरेश चौधरी, १८ वर्षिय रमेश शाही, सत्यम रावल, २० वर्षिय रामबहादुर चौधरी, २२ वर्षिय मनोज चौधरी र २१ वर्षिय महेश चौधरीको नाम प्रहरीले सार्वजनिक गरिएको हो ।
आईतबार एक जना अझै फरार रहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले दिएको जानकारी अनुसार शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उनीहरूविरूद्ध जाहेरी दर्ता भएको छ भने अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाईनेछ । किशोरीहरु घरबाट बाटोमा हिड्ने क्रममा करणीमा परेको समेत प्रहरी जानकारी दिएको छ ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed