कैलालीमा बलात्कारका घटना बढ्दै

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लामा बलात्कारका घटनाहरु दिनदिनै बढेका छन । प्रहरीले बलात्कारमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएतापनि यो घटनाक्रम रोकिएको छैन । त्यसैले पनि स्थानिय बुद्धिजिवी लगायत स्थानिय बासिन्दाहरु दुखित छन ।
घटनामा संलग्नहरुलाई कानुनी कारवाही त होला तर यसको रोकथाम हुन जरुरी रहेको सरोकारवाला निकायहरु बताउदै आएका छन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा समेत बलात्कारको घटना बाहिर आएको छ । ३२ वर्षीय पुरुषले ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारको आरोपमा एकजना पक्राउ परेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी सागर बोहराका अनुसार सोमबार राति महिलामाथि करणी भएको आरोप लागेको छ ।

आरोपित पुरुषलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको डिएसपी बोहराले बताए । घटनाबारे थप अनुसान्धान भई रहेको प्रहरीले जनाएको छ । तिन दिन अघिपनि जानकी गाउँपालिकामा बलात्कारको घटना बारे सार्बजनिक भएको थियो ।

कैलाली जिल्लामा बलात्कारका घटनाहरु दिनदिनै बढेका छन । प्रहरीले बलात्कारमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएतापनि यो घटनाक्रम रोकिएको छैन । त्यसैले पनि स्थानिय बुद्धिजिवी लगायत स्थानिय बासिन्दाहरु दुखित छन ।
घटनामा संलग्नहरुलाई कानुनी कारवाही त होला तर यसको रोकथाम हुन जरुरी रहेको सरोकारवाला निकायहरु बताउदै आएका छन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा समेत बलात्कारको घटना बाहिर आएको छ । ३२ वर्षीय पुरुषले ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारको आरोपमा एकजना पक्राउ परेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी सागर बोहराका अनुसार सोमबार राति महिलामाथि करणी भएको आरोप लागेको छ ।

आरोपित पुरुषलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको डिएसपी बोहराले बताए । घटनाबारे थप अनुसान्धान भई रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed