लामो समयदेखि बन्द पार्क खोल्न नगरपालिकाको बेवास्ता, गेटमै फोटो खिचेर फर्किन्छन् सयौं पर्यटक

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय ।

टीकापुर । नेपालकै वृहत् उद्यानका रुपमा परिचित टीकापुर पार्क लकडाउनदेखी बन्दको बन्दै अवस्थामा छ ।

सुदूरपश्चिमको एक महत्त्वपूर्ण पर्यटकीय स्थलभित्र गनिने टीकापुर पार्कमा नयाँ वर्ष र दशैं(दीपावलीमा धेरै पर्यटक आउने भएता पनि यो वर्ष कोरोनाको जोखिमका कारण नयाँ वर्ष र दशैंमा पार्क सुनसान रह्यो । लकडाउन हटेर अन्य क्षेत्रहरु खुलिसकेपनि टीकापुर पार्कलाई अवलोकनका लागि नखोल्दा सयौं पर्यटक खिन्न भएर फर्किनुपरेको छ ।

शनिबार मात्र दिउँसो १ बजेदेखि ४ बजेसम्म करिब दुईसय भन्दा बढी गेटबाटै फिर्ता भए । बर्दियाको गुलरियाबाट पार्क घुम्नकै लागि जीप रिजर्भ गरेर आएको १२ जनाको टोलि, धनगढीबाट कर्णाली चिसापानी पछि पार्क अवलोकनका लागि हाइसमा आएको टोलि लगायत सुर्खेत, दाङबाट आएका थुप्रै पर्यटकले निर्माणाधीन गेटको अवलोकन गरेर फर्किनुपर्यो । उनीहरुले अन्य पर्यटकीय स्थल धमाधम खुलिरहेको तर टीकापुर पार्क बन्दै रहेकोमा दुखेसो पोखे । नगरपालिकाले पार्क खोल्नमा ध्यान नदिएका कारण नै अहिलेसम्म बन्दको बन्दै रहेको स्थानीय पर्यटकले आरोपसमेत लगाउने गरेका छन् ।

सार्वजनिक यातायात, सरकारीरनिजि कार्यालय, हवाई उडान, बजार, विद्यालय लगायतका क्षेत्रहरु खुलिसकेपनि रमणीय पर्यटकीय स्थललाई बन्दै अवस्थामा राख्दा पर्यटक मर्कामा परेको एक स्थानीयले बताए । उनले पार्क अवलोकनको लागि दैनिक पाँचको हाराहारीमा बाहिरबाट पर्यटक आइरहेको भएता पनि गेट बन्द देखेपछि फर्किनुपर्ने बाध्यता रहेको समेत बताए ।

यस्तै पार्कको गेट नजिकै होटल व्यवसाय गर्दै आएका हर्क विष्टले सबै क्षेत्रहरु खोलिसकेपछी पनि पर्यटकीय स्थलहरु बन्दै राख्नु नराम्रो पक्ष भएको बताउदै केही कुरा नमिलेको भए मिलाउनुपर्ने र सरकारले बनाएको स्वास्थ्य मापदण्डअनुसार पार्क अवलोकनका लागि खोलिनुपर्ने बताए । ूलकडाउन हटिसक्यो, सबै कार्यालयदेखी यातायात, बजार सबै खुलिसके तर यस्ता सयौं पर्यटकहरु आएर रमाउने ठाउँ बन्दै राख्नु राम्रो हैन,ू विष्टले भने, ूधेरै टाढा टाढादेखि पर्यटकहरु आउछन्, फर्किन्छन् यसले पर्यटकलाई निराश मात्र बनाएको छैन नगरपालिकाको आम्दानी पनि घटेको छ ।ू

उनले यो समयभने पर्यटकहरु धेरै आउने सिजनसमेत भएकाले यसरी पर्यटकहरु गेटबाटै फर्किदा स्थानीय व्यवसायीसमेत मर्कामा परेको बताए । पार्कलाई यसरी बन्दै राख्ने हो भने लम्कीमै टीकापुर पार्क बन्द छ भनेर बोर्ड राखिदिए टाढाका पर्यटकले दुस्ख नपाउने उनको धारणा छ ।

टीकापुरमै अटो चलाएर गुजारा चलाइरहेका गगन सिंह विकले धेरै लामो समयसम्म बन्द राखेर कोरोना रोकथाम नहुने भन्दै पार्कलाई बन्दै राख्ने भए स्वास्थ्य मापदण्ड नै अपनाएर निकै भिडभाड हुने कार्यालय लगायत अन्य क्षेत्रहरु पनि बन्द गर्नुपर्ने बताए । अहिले पर्यटकहरु धेरै आउने र लामो लकडाउनका कारण घरबाहिर निस्कन नसकेकाले चाडपर्वको बेला रमाइलो गर्नका लागि पनि धेरै मानिसहरु विभिन्न ठाउँमा घुम्ने योजनाका साथ हिड्ने भएकाले टीकापुर पार्कलाई अवलोकनका लागि खोल्नुपर्ने बताउदै यसमा नगरपालिकाले ध्यान नदिएको गुनासो समेत गरे । ूलकडाउनले दिक्क भएकाहरु अहिलेको समयमा घुम्नका लागि विभिन्न ठाउँ जाने गरेका छन्, टीकापुर पार्क पनि एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले सयौं मानिसहरु आउछन् तर फर्किन्छन्,ू उनले भने, ूतर नगरपालिकाको ध्यान यसतर्फ छैन । जसले हामी दिनभरी श्रम गरेर खानेलाई पनि निकै समस्या भएको छ ।ू

पार्क नजिकैका एक स्थानीयले आफ्ना नजिकका वा चिनजानका कोहि आए भित्र जान दिइने तर अरुका लागि पार्क अवलोकन निषेध गरिएको दाबी गरे । नाम नखुलाउने सर्तमा जनप्रतिनिधि वा कर्मचारीका चिनजानका जोकोही भए पनि भित्र जान दिइन्छ तर अरु सयौं मान्छे गेटबाटै फर्किन्छन् । उनले यत्रो लामो समयसम्म तलब पचाएर बसेका पार्कका कर्मचारीले पनि पार्क खोल्नका लागि कुनै चासो नदेखाएको दाबी गरे ।

टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरले भने अबको केही दिनपछि पार्क खोल्नका लागि नगरपालिकाले निर्णय गर्ने विश्वास लिएको बताए । ूनगरपालिकाका हाकिम आएपछि पार्क खोल्ने सम्बन्धी छलफल गर्छौं र छिट्टै खोल्ने प्रयासमा छौं ।ू

ताजा खबर

टीकापुर अस्पतालको सेवा सुचारु

टीकापुर र धनगढीबाट भन्सार छलीका सामान नियन्त्रणमा

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *