शेयेर गर्नुहोस
टीकापुर । टीकापुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर १ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको ती पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएकोमा राती १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना भाईरस संक्रमण बढी रहेको छ । तर समाजमा केहि हुदैन भन्दै लापरवाही गर्नेहरुको संख्याले भयावह अवस्था हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउछन ।