खक्रौलाबाट १५ क्विन्टल केराउ बरामद

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला ।

टीकापुर । टीकापुर नगरपालिका वडा न ९ खक्रौला स्थित पुरानो भन्सार भवन नजिक बाट लुकाई छिपाइ राखेको केराउ बराद गरिएको छ ।
भारत लैजानका लागि राखिएको केराउ शसस्त्र प्रहरी बेस क्याम्प खक्रौला र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले बरामद गरेको शसस्त्र प्रहरी पोष्ट खक्रौलाका शसस्त्र प्रहरी निरिक्षक पदम राज भट्टले बताए ।
भट्टका अनुसार हिजो राती करिब ७ बजेतिर पुरानो भन्सार नजिकको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा १५ क्विन्टल केराउ बरामद गरिएको हो ।
बरामद गरिएको केराउ सत्ती भन्सार कार्यालय पठाईएको कालाकुण्डा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक कुल बहादुर साउदले मलवारालाई जानकारी दिए ।
पछिल्लो समय यता कैलाली जिल्लाका बिभिन्न सिमाबाट केराउको व्यापक तस्करी भई रहेको स्थानिय बासिन्दा बताउदै आएका छन ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *