रहेनन् टीकापुरका सामाजिक अगुवा मोहन वहादुर रावल

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरक्षेत्रका सामाजिक अगुवा मोहनबहादुर रावलको ९० वर्षको उमेरमा निधन भएको छ । उनको टीकापुर नगरपालिका–१ ब्लक नं ए स्थित आफ्नै निवासमा सोमबार निधन भएको हो ।

जीवनको उत्तराद्र्धमा समेत सामाजिक काममा निकै सक्रिय रावलको कोरोना संक्रमणबाट निधन भएको हो । मृतक रावलको कार्तिक १७ गते स्वाब संकलन गरिएकोमा २० गते कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । होमआइसोलेसनमा रहेका रावललाई आइतबार राति स्वास प्रस्वासमा निकै समस्या भएको थियो ।

जीवनको लामो समय सरकारी सेवामा रहेका रावलले अवकाश प्राप्त समय सामाजिक काममा बिताए । उनले टीकापुर नगरपालिका–७ मा रहेको वन क्षेत्रलाई संरक्षण थाले । उनको नेतृत्वमा संरक्षण थालिएको सत्तीकर्णाली सामुदायिक वन संरक्षणका हिसाबले नेपालकै पहिलो सामुदायिक वन हो । उनी लामो समय सो सामुदायिक वनको अध्यक्ष रहेका थिए ।

उनले आफ्नै पहलमा टीकापुरमा बृद्ध सेवा समाजको स्थापना गरे । उनी सो संस्थाका वर्तमान अध्यक्ष समेत हुन । उनी सामुदायिक सहकारीका संस्थापक अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी नारायणपुरका संस्थापक, भानु पुस्तकालयका आजीवन सदस्य समेत रहेका थिए ।
रावलले आफ्नो सम्पूर्ण सेवा समाजकालागि समर्पण गरेका थिए भने उनि थुर्पै संघसंस्थामा अबद्ध थिए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *