मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कन्चनपुर जिल्लाको कृष्णपुर–२ वाणीमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोमबार कृष्णपुर नगरपालिका–२ वाणिमा म१प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए ।

कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट घाइते भएका थिए । धिरबहादुर र सुनिताको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *