टीकापुरमा ब्राउनसुगर सहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

प्रहरी टिमद्वारा २ लाख ५० हजार बरारको अबैध कपडा बरामद
मान बहादुर ठकुल्ला ।
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७ बैदीबाट ब्राउनसुगर सहित एक युवक प्रकाउ परेका छन ।
मंगलबार राति करिब ११ बजेको समयमा टीकापुर नगरपालिका वडा न ७ डाडाबोझीका बर्ष २४ का लोकेन्द्र धामी २ ग्राम ब्राउनसुगर सहित प्रकाउ परेको कालाकुण्डा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक कुल बहादुर साउदले जानकारी दिए ।
यसैगरी टीकापुर नगरपालिका वडा न ८ अर्नुवा बाट प्रहरीले भारतबाट अबैरुपमा भित्र्याइएको कपडा समेत बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुर , कालाकुण्डा प्रहरी चौकी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रदेश अनुसन्धान ब्युरोको टिमले बरामद गरेको हो ।
बुधबार बिहान करिब २ बजेको समयमा बरामद गरिएको कपडा १ सय थान कोट पाईन्ट १५० थान सर्ट पाईन्ट गरी २ लाख ५० हजार मुल्य बराबरको रहेको कालाकुण्डा प्रहरी चौकीका ईन्चार्ज कुल बहादुर साउदले बताए।
पक्राउ गरिएको सामान कारबाहीको लागि सती भन्सार कार्यालय खक्रौला पठाईएको छ ।
तस्करी गरी भित्र्याइएको उक्त सामान बरामद गरियता पनि तस्करीमा संलग्न व्यक्ति भने पक्राउ नगरिएको स्थानिय बासिन्दाले बताए ।

amazed