शेयेर गर्नुहोस
टीकापुर । टीकापुर सत्ती लगायतका ठाउँमा संचालित खाद्य गोदाम अव्यवस्थित भएकाले व्यवस्थितको तयारी भई रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताउनु भएको छ ।
टीकापुरमा रहेको खाद्य गोदाम अवलोकनका क्रममा भएको अपोचारिक कार्यक्रममा मन्त्री भट्टले सो कुरा बताउनु भएको हो ।
साथै उहाँले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल संचालन गर्ने तयारी भइ रहेको समेत बताउनुभयो ।
मन्त्री भट्टले भन्नुभयो–लम्की, टीकापुर, नारायणपुर, खक्रौला संगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने छ साथै सडक अव्यवस्थित भएकाले सडक व्यवस्थित गर्न जरुरी छ ।
बिगतका दिनहरुमा उद्योग व्यापारका योजनाहरु कोभिडका कारण प्रभावित भएकाले आगामि दिनमा निरन्तर अगाडी बढाइने तयारी भएको समेत मन्त्री भट्टले बताउनुभयो ।
सरकारले मोटो धानको २ हजार ७ सय ३५ र मझौला धानको २ हजार ८ सय ८५ रुपैयाँ मुल्य निर्धारण गरिएतापनि किसानहरुले व्यापारीलाई २ हजार २ सयसम्म धान बिक्रि गर्दै आएको कुरा सुन्नमा आएको भन्दै दुख व्यक्त गर्नुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका प्रमूख तपेन्द्र बहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र संचालनका लागि ध्यानाकर्षण गराउनुभयो ।
नेकपाका टीकापुर नगर अध्यक्ष खडग शाहले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य एवम प्रतिपक्ष दलका नेता रण वहादुर रावल, नेकपा केन्द्रिय सदस्य मदन कुमारी शाह (गरिमा), नेकपा जिल्ला इन्चार्ज तथा पूर्व सभाषद रुपा चौधरी, पूर्व सभाषद हरिलाल ज्ञवाली, नेकपाका प्रदेश सचिब नेप वहादुर चौधरी, टीकापुर नगरपालिका उप प्रमूख केशरी बिष्ट लगायतको उपस्थिती रहेको थियो ।