टीकापुरका १६ सहित कैलालीका ४५ जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरका १६ जना सहित कैलालीका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार सुदूरपश्चिमका ३७७ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमा कैलाली जिल्लाका मात्र ४५ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १र१ जनामा संक्रमण देखिएको छ ।

टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ भने ठेगाना नखुेका १ जनामा पनि कोराना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

amazed