च्याम्पियन्स लिगअन्तर्गत डिनामो किभविरुद्ध खेलमा मेस्सी टिममा परेनन्

शेयेर गर्नुहोस

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पानिस जायन्ट बार्सिलोनाले युक्रेनी क्लब डिनामो किभसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले कप्तान तथा स्टार खेलाडी लिओनल मेस्सीबिनै बार्सिलोनाको टोली घोषणा गरेका छन् । पछिल्लो समय खेलाडीको चोटले सताइएको बार्सिलोनाले अब मेस्सीविनै युक्रेन भ्रमण गर्नेछ ।

डिफेण्डर जेरार्ड पिके, फरवार्ड अंशु फाती र डिफेण्डर सर्जि रोवर्टो यसअघि चोटका कारण टिमबाट बाहिर रहेका छन् ।

किभविरुद्धको खेलमा बार्सिलोनाको फरवार्ड लाइन एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले, मार्टिन ब्रेथवेइट, ट्रिनकाओले सम्हाल्नेछन् । डेम्बेलेलाई पनि शनिबार एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोट लागेको थियो । तर उनी टिममा समावेश छन् । (साभारः अनलाइनखबर)

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *