ट्रकको ठक्करवाट एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । पुर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको चौमालामा ट्रकको ठक्करवाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
गौरीगंगा नगरपालिकाको चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सुपप्र ०१०० नप ९७६ को मोटरसाइकललाई ठक्कर दिदा गोदावरी नगरपालिकाका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करवाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार गोदावरी ४ कै २४ वर्षीय प्रेम चौधरी घाइते भएका छन् ।
उनको अहिले उपचार भैरहेको छ भने ट्रक र चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ४१ वर्षीय पुष्कर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

amazed