शेयेर गर्नुहोस
टीकापुर । टीकापुरमा नगरपालिका स्तरिय परियोजना परिच्यात्मक बैठक भएको छ ।
शुक्रबार भएको सो बैठक बालकल्याण संघ र दिगो बिकाश समाजको आयोजनामा भएको हो ।
टीकापुर नगरपालिका प्रमूख तपेन्द्र बहादुर रावलको प्रमूख अतिथ्यमा भएको सो बैठक बालकल्याण संघका कोषाध्यक्ष धनराज शाहीको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा प्रोग्राम अफिसर प्रभु ढकालले परियोजानाको परिचय, संस्थागत उद्देश्य, संस्थाको परिकल्पना ध्यय तथा लक्ष बारे औलाउनु भएको थियो । साथै ढकालले बालबालिकाहरुको पोषण सुधार लगायत बारे समेत जानकारी गराउनु भयो । साथै बालकल्याण संघबाट मिट्ठु बहादुर हुड्केले समेत कार्यक्रम प्रस्तुती गर्नु भएको थियो । सो कार्यक्रम वर्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा र टीकापुर नगरपालिकाको समन्वयमा भएको हो
बालकल्याण संघका गुणस्तर नियन्त्रण अधिकृत निर्मल नेपालीले संचालन गरेको उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का बलीराम चौधरी, वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौंरा थारु, वडा नं. ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्ला वडा नं. ९ का वडाध्यक्ष लौटन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

