बालकल्याण संघ र दिगो बिकाश समाजको आयोजनामा परिच्यात्मक बैठक सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा नगरपालिका स्तरिय परियोजना परिच्यात्मक बैठक भएको छ ।


शुक्रबार भएको सो बैठक बालकल्याण संघ र दिगो बिकाश समाजको आयोजनामा भएको हो ।


टीकापुर नगरपालिका प्रमूख तपेन्द्र बहादुर रावलको प्रमूख अतिथ्यमा भएको सो बैठक बालकल्याण संघका कोषाध्यक्ष धनराज शाहीको अध्यक्षतामा भएको हो ।


कार्यक्रममा प्रोग्राम अफिसर प्रभु ढकालले परियोजानाको परिचय, संस्थागत उद्देश्य, संस्थाको परिकल्पना ध्यय तथा लक्ष बारे औलाउनु भएको थियो । साथै ढकालले बालबालिकाहरुको पोषण सुधार लगायत बारे समेत जानकारी गराउनु भयो । साथै बालकल्याण संघबाट मिट्ठु बहादुर हुड्केले समेत कार्यक्रम प्रस्तुती गर्नु भएको थियो । सो कार्यक्रम वर्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा र टीकापुर नगरपालिकाको समन्वयमा भएको हो


बालकल्याण संघका गुणस्तर नियन्त्रण अधिकृत निर्मल नेपालीले संचालन गरेको उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का बलीराम चौधरी, वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौंरा थारु, वडा नं. ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्ला वडा नं. ९ का वडाध्यक्ष लौटन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *