क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण

शेयेर गर्नुहोस

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान सामाजिक सञ्‍जालमार्फत सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

बुधबारदेखि शरीर दुखेजस्तो भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको उनले बताएका छन् । आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र आफू होम आइसोलेसनमा बसेको पनि सन्दीपले जानकारी दिएका छन् । आफू छिट्टै निको भएर मैदानमा फर्किने पनि उनले बताएका छन् ।

कोभिड—१९ का कारण ९ महिनापछि सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सन्दीप पनि सहभागी हुनेवाला थिए । बन्द प्रशिक्षणपछि सन्दीप बिग बास लिगमा सहभागी हुन अस्ट्रेलियामा जानेछन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस पटक बिग बास लिगमा होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, रोहित पौड्याल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण पुष्टि भएको थियो । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed