शेयेर गर्नुहोस
केशव कोइराला
राजापुर । भौतिक पूर्वाधार तथा यातायात मंत्री बसन्त कुमार नेम्वाङले हुलाकि राजमार्गमा पर्ने बर्दिया र कैलाली जोड्ने सत्तीघाट पूलको निरिक्षण गर्नुभएको छ ।
पानी जहाजको उद्घाटन गर्न कैलालीको चिसापानी आउनु भएका मंत्री नेम्वाङले पुलको निरिक्षण गर्नुभएको हो ।
सत्तीघाट पुल नदी कटानको चपेटामा रहेको भन्दै मंत्री नेमाङले पुलमा स्पान थप गर्नका लागी यथा सिघ्र काम अगाडी बढाउने आश्वासन दिनुभयो ।
मंत्रालय वाट यस अघि टोलि अनुगमनकालागी पठाइसकिएको जानकारी दिदै मंत्री नेम्वाङले अव छिट्टै स्पान निमार्णको काम अघि बढ्नेमा ढुक्क हुँन यहाँका बासिन्दालाई बिश्वास दिलाउनु भयो ।
मंत्री नेमवाङका साथ उद्योग बाणिज्य तथा आपुर्ति मंत्री लेखराज भट्ट लगायत सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरु सहभागी थिए ।