कांग्रेसले २९ गते देशभर प्रदर्शन गर्ने

शेयेर गर्नुहोस

काठमाण्डौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले यही मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल माथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको आज बसेको बैठकले २९ गते देशैभर सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता पौडेल माथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

देशव्यापी हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने बताइएको छ । प्रर्दशनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थालाई समेत खटाइने भएको छ । शीर्ष नेताको बैठकमा नेता पौडेलले तनहुँको घटनाक्रम बारे जानकारी गराएका थिए।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed