कोरोना बाट थप १०९६ संक्रमित थपिए, १७ जनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने २ लाख २५ हजार ८०५ जना डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। अहिले ५३६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

सरकारले अहिलेसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गराएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed