खाना मिठो नदिएको भन्दै दुलही नै नलिई फर्के जन्ती, भयो हात हालाहाल

शेयेर गर्नुहोस

एजेन्सी / विवाहमा खाना मिठो नदिएको भन्दै दुलही नै नलिई जन्ती फर्किएका छन् । दुईदिन अगाडि भारतमा खानाको विषयमा विवाद हुँदा दुलहीनै नदिएपछि जन्ती रित्तै घर फर्किएका हुन् ।

युपीको अलिगढमा भएको विवाहमा खराब खानाको विषयलाई लिएर दुलाहा र दुलहीका बीचमा घमासान झगडा भएको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुबै पक्ष तयार नभएपछि घटना प्रहरीसम्म पुगेको हो ।

मेलमिलाप गराउन खोजेपनि दुबै पक्ष तयार नभएपछि बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैंया तिरेर जन्ती फर्किएका हुन् । घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको भएको हो। बुधवार स्थानीय युवतीसँग बिहेका लागि जन्ती गएका थिए ।

जन्तीको स्वागतपछि मध्यरात भोजन चलिरहेको थियो । त्यसैबेला दुलाहाका भाईले खानामा कमी भएको बताए । यो कुरा दुलहीका भाईलाई चित्त बुझेन । पहिले बेहुला र बेहुलीको भाईबीच बहस चल्यो, त्यसपछि दुबै पक्ष हात हालाहालको स्थितिमा उत्रिएका थिए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *