५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो, १५३ जना बढुवाबाट पदपूर्ति हुने

शेयेर गर्नुहोस

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९अप्राविधिक०, शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ । मन्त्रालयको विवरणअनुसार लोक सेवा आयोगले परीक्षा सन्चालन गरी पदपूर्तिका लागि सिफारिस गर्दछ ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

लोक सेवा आयोगले खुलाएको विज्ञापनको विवरण यसप्रकार छ–

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed