७३ तोला चाँदीसहित दुईजना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । कपिलवस्तुको प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा झण्डै एक लाख मुल्य बराबरको चाँदीसहित अर्घाखाँचीका १२ वर्षीय उमेर सुनार र २६ वर्षीय सुगम पुनलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर २ स्थित राजमागको लखनचोकमा चेकजाँच गर्ने क्रममा लु ५५ प ६१५९ नम्वरको स्कुटीमा चढेर आएका अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ का सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिकाका पुनलाई खानतलासी गर्दा उनीहरुको साथबाट ९६ हजार मूल्य बरबरको ७३ तोला चाँदी र ४८ पिस रातोपत्थर बरामद गरिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।

ताजा खबर

कर्णाली नदीमा नुहाउने क्रममा मोहन्यालका शाही बेपत्ता

वैदेशिक रोजगारी ठगीको आरोपमा जानकीका आचार्य पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

हिरोले भन्दा बढी पारिश्रमिक लिएका भिलेनहरू

amazed