शेयेर गर्नुहोस
कैलालीमा लागुऔषध कारोबारमा संलग्न तथा सेवन गर्नेहरु बढी रहेका छन । तरपनि प्रहरीले लागुऔषध कारोबारमा संलग्नहरु लाई पक्राउ गर्दै कानुनी दायरामा लिदै आएको छ । लम्कीचुहा नगरपालिकाबाट खैरो हिरोईन सहित ५ जनालाई प्रहरीले पक्राउ ग¥यो । थकालिपुर सी टोलबाट ३ ग्राम ३० मिलिग्राम खैरो हिरोईन सहित उनिहरुलाई पक्राउ गरेको हो । लागुऔषध कारोबारमा संलग्नहरुको ठुलो सञ्जाल छ कैलालीमा पनि भन्ने प्रमाणित भई सकेको छ । नेपाल भारत खुला सिमाना छ । भारतीय नागरिकहरु नेपाल भारतसम्म लागुऔषध पु¥याउने र नेपाली युवाहरु सिमानाबाट ल्याएर बिभिन्न स्थानमा पु¥याउने कार्य गरेको बुझिन्छ ।
लम्किचुहा वडा नं. १ का खगेन्द्र जैशी, सन्देश खत्री, जानकी गाउँपालिका वडा नं. ९ का प्रकाश साउँद, जानकी गाउँपालिका वडा नं. ३ की सबिना चौधरी र बर्दिया गुलरियाकी मुस्कान बिक पक्राउ परेका छन् । उनिहरु बिगतदेखि यो कार्यमा लाग्दै आएको समेत प्रहरीको अनुसन्धानमा छ । लागुऔषधका कारण कैयौं युवाहरुको भबिष्य धरापमा छ । घरपरिवारले आफ्ना बालबालिकाको गम्भिर ध्यान नदिदापनि युवा युवतीहरु लागुऔषध सेवन गर्ने र त्यसको कारोबारमा समेत लागेका हुन । लागुऔष नियन्त्रण गर्न प्रहरीको जस्तै घर–परिवारले समेत गम्भिररुपमा ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।
तसर्थ भयावह अवस्थामा पुग्दै गएको हाम्रो समाजमा लागुऔषधमा फसेका युवायुवतीहरुलाई समाजका अगुवा लगायत सबैले ध्यान दिन आवश्यक छ । किनकि लागुऔषधमा फसेका युवा युवतीहरुले फेरी अन्य युवा युवतीहरुलाई लागुऔषधको कुलतमा लफसाउलान भन्न सकिन्न । त्यसैले सबैको ध्यान पूगोस् ।