शेयेर गर्नुहोस
धनगढी । धनगढीमा बुधबार गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ७१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३९५ नमुनाहरुमध्ये ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ३५ सहित सुदूरपश्चिमका थप ७१ जनामा कोरोना देखिएको हो ।
उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २० जना, गोदावरी नगरपालिकाका ४ जना, गौरीगंगा नगरपालिकाका एकजना, टीकापुर नगरपालिकाका ३ जना, लम्कीचुहाँ नगरपालिकाका एकजना, मोहन्याल गाउँपालिकाका ३ जना र जानकी गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना, भिमदत्त नगरपालिकाका १७ जना, पुनर्वास नगरपालिकाका २ जना दोधाराचाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, डोटीका एकजना र बैतडीका ३ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।