थोरै धितो राखेर ७ करोड ऋण लिने दुईजना सुन व्यापारी पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । बैंकबाट धितोभन्दा धेरै ऋण लिने ललितपुरका दुईजना सुन व्यापारी र एकजना कालीगढलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) को टोलीले लगनखेलका सुन व्यापारी पुर्ण राई, देवानन्द राई र देवानन्दको सुन पसलका मिस्त्री सन्दिप लिम्बुलाई पक्राउ गरेको हो ।

कुमारीपाटी स्थित महालक्ष्मी विकास बैंकको शाखाबाट उनिहरुले थोरै सुन राखेर धेरै ऋण लिएको सिआईबीका डिआईजी सहकुल बहादुर थापाले बताए ।

खोटाङ घर भएका उनीहरुले ०७४ देखी महालक्ष्मीको सो शाखाबाट ऋण लिने गरेका थिए । बैंकमा व्याजसहित उनिहरुले ७ करोड ४२ लाख तिर्न बाँकी छ ।

पुर्ण राईको लगनखेलमा सुन पसल छ । देवानन्दको ललितपुर–१४ स्थित विशालचोकमा सुन पसल छ । उनीहरुमाथी बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको डिआईजी थापाले बताए । (साभारः रातोपाटी)

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed