राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले गर्‍यो संघर्षका कार्यक्रम घोषणा

शेयेर गर्नुहोस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि देशव्यापी जनप्रदर्शन र संघर्षका कार्यक्रम घोषणा गरेको छ। बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनको घोषणा गरेको हो ।

राप्रपाले भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या, धर्म परिवर्तनको समस्या समाधान गर्न सरकार असफल एवं उदासीन भएको भन्दै सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको लागि पहिलो चरणको देशव्यापी जन प्रदर्शन गर्न लागेको हो ।

पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ ।

पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने राप्रपाको घोषण छ । पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने राप्रपाले जनाएको छ । तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने उसले सार्वजनिक गरेको छैन ।

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक