कालो मार्सी चामल प्रतिकेजी २५० रुपियाँ

शेयेर गर्नुहोस

हुम्ला । हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर २५० रुपैयाँ प्रतिकेजी पुगेको छ । यो चामल प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढेपछि मूल्य वृद्धि भएको हो ।

एक क्विन्टल मार्सी चामल किनेकी सिमकोट बजारकी मधु बस्नेतले प्रतिकेजी २५० रुपियाँ परेको बताईन । कालो मार्सी चामल मधुमेहका बिरामीका लागि बढी फाइदाजनक हुने भएकाले यसको माग बढ्दै गएकाले पनि महँगो परेको उनको भनाइ छ । गत वर्षसम्म प्रतिकेजी २२० रुपियाँ पर्ने मार्सी चामलको मूल्य यस वर्ष ३० रुपियाँ वृद्धि भएको हो ।

दक्षिणी हुम्लाबाट २२ क्विन्टल मार्सी चामल बाख्रामा ढुवानी गरेर ल्याएका अदानचुली गाउँपालिका–२, मकै गाउँका दत्त बुढा सबै चामल प्रतिक्विन्टल २५ हजारमा बिक्री भएको बताउँछन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed