शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय
टीकापुर । कैलालीको टीकापुरमा लामो समयपछि सिनेमा हल सञ्चालनमा आउने भएको छ ।
नयाँ तुलसी ग्रुप र डल्फिन दाना उद्योगका कमल थापाको लगानीमा टीकापुरमा सिनेमा हल बन्न काम सुरु हुँदै छ । नयाँ तुलसी ग्रुपमा प्रबन्ध निर्देशक पर्शुराम चपाईले माघ १ गते सिनेमा हलका लागि बनाइने भवनको शिलान्यास हुने बताउनुभयो ।
वहाँले सञ्चालन हुन एक वर्ष लाग्ने बताउदै बाहिरको स्टक्चरमा समय नलागे पनि भित्रको मेटेरिअल व्यवस्थापन गर्न समय लाग्ने बताउनुभयो । सिनेमा सञ्चालनका लागि प्राली दर्ता भएर प्रक्रियामा गईसकेको समेत वहाँले जानकारी दिनुभयो ।
लगभग ४ करोड लागतमा बन्ने सिनेमाले टीकापुरको विकास र सानमा थप टेवा पुग्ने नगरबासीले आश गरेका छन् । लामो समयपछि आफ्नै नगरमा सिनेमा हल बन्न थालेपछि खुशी लागेको समेत केही स्थानीयले बताएका छन् ।