शेयेर गर्नुहोस
सुदिप बिक ।
बटनपुर । धनसिँहपुर स्वास्थ्य चौकि कैलालीको आयोजनामा आईतवार धनसिँहपुरमा आमा सँग उपमेयर पोषण कोसेली बितरण कार्यक्रम गरिएको छ ।
आमा र नवजातशिशुको स्वास्थ्य प्रवर्द्वन,गुणस्तरीय स्वास्थ्य सेवा र सुशासन भन्ने मुलनाराका साथ टीकापुर नगरपालिका वडा न ८,र ९ गरी जम्मा ४४ जना हजार दिनका आमाहरुलाई पोषण कोसेली वितरण गरिएको धनसिंहपुर स्वास्थ्य चौकिका ईन्चार्ज केवलसिंह भुलले बताए ।
कोसेली वितरण कार्यक्रममा वडा न ८ का कार्यवाहक वडा अध्यक्ष शान्ति डगौरा थारुको अध्यक्षतामा भएको थियो ।
वितरण कार्यक्रमा टीकापुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय जनस्वास्थ्य शाखाका धर्मसिंह बटाला, पत्रकार सुदिप बिक लगायतको सहभागीता रहेको थियो भने स्वास्थ्य चौकिका यम शाहले कार्यक्रम सँचालन गरेका थिए ।