शेयेर गर्नुहोस
काठमाडौं । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कफ्र्यु जारी गरिएको छ ।
दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कफ्र्यु आदेश जारी गरिएको छ ।
कफ्र्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।
यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कफ्र्यु लगाएको हो ।