कैलालीका स्थानीय तहमा काँग्रेसको अनुगमन गरेको प्रतिवेदन सार्बजनिक

शेयेर गर्नुहोस

धनगढी । नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले कैलालीका स्थानीय तहमा व्यापक भ्रष्टाचार र अनियमित भएको ठहर गरेको छ । बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा भ्रष्टाचार र अनियमितका योजनाहरू सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा भएको योजना मध्ये कैलालीका १३ स्थानीय तहमा भएका भ्रष्ट्राचार शृङ्खला बुधवार काँग्रेसले सार्वजनिक गरेको हो । कैलालीले गत आर्थिकमा जिल्लाका सबै स्थानीय तहमा सघंीय र प्रदेश सरकार तथा स्थानीय सरकारबाट भएका विकास निर्माण योजनाहरूको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा १३ वटा स्थानीय तहका ३९६ वटा योजना मध्ये ११६ वटा विकास निर्माण योजनामा अनियमित काँग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाहले बताए । अनुगमनका क्रममा सबै भन्दा धेरै कैलालीको धनगढी उपमहानगरपालिकामा भ्रष्ट्राचार भएको पाइएको छ ।

धनगढी उपमहानगरपालिकामा मात्रै १७ वटा योजनामा भ्रष्ट्राचार तथा अनियममितता भएको काँग्रेसको ठहर छ । त्यस्तै गौरीगगा नगरपालिकामा १० वटा घोडाघोडीको ७ वटा टीकापुरमा ८ वटा,कैलारी गाउँपालिकामा ९ वटा ,चुरे गाउँपालिकामा १२ वटा, भजनी नगरपालिकामा ६ वटा ,जानकी गाउँपालिकामा ३ वटा, लम्किचुहा १४ वटा योजनामा हिनामिना भएको काँग्रेसको ठहर छ ।

मोहन्याल गाउँपालिकामा ९ वटा र गोदावरी नगरपालिकामा १२ वटा योजनामा पनि भ्रष्टाचार भएको क्रागेसको जनाएको छ । वदगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा भ्रष्टाचार नभएको काँग्रेस सभापति शाहले बताए । काँग्रेसले तयार गरेको प्रतिवेदन लाई अख्तियार समक्ष पेस गर्ने उनले बताए । (साभारः कैलाली खबर)

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *