शेयेर गर्नुहोस
अत्तरिया । पुस १४ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवदेन खुल्ने भएको छ । गत चैत ११ देखि बन्द अबस्थामा रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुल्ने भएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस ९कोभिड९१९० विरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रोटोकल पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।
अब प्रदेश सरकारहरुले आफ्ना यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गर्न पाउनेछन् । अहिले नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ ।
सबै प्रदेशबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि विभागले लाइसेन्सको आवेदनका लागि प्रणाली खुला गर्न लागेको हो ।