शेयेर गर्नुहोस
सुदिप बिक /
टीकापुर । मिसन अम्बेडकर नेपालका संस्थापक केन्द्रीय अध्यक्ष मनोज जैगडीले उत्पिडित समुदायका सवालमा दरिलो रुपमा प्रस्तुत हुने बताएका छन ।
हिजो टीकापुरमा बर्तमान राजनीतिक निकासमा फरक धारको बहस बिषयमा भएको बहसमा सँस्थापक तथा केन्द्रीय अध्यक्ष जैगडीले उत्पिडित समुदायका सवालमा दरिलो रुपमा प्रस्तुत हुने बताएका हुन ।
उनले मिशन अम्बेडकर नेपाल अभिभावक बन्ने बिश्वास ब्यक्त गरेका छन । ब्रह्माणबादिहरुका ठेकेदारहरुले सन्चालन गरेका बिभिन्न नामका पार्टिहरुले आफ्ना आसेपासे बाहेक यो समुदायलाई अगाडि बड्न नदिएको हुदा यो समुदायको राज्य सत्तामा पहुच मिशन आम्बेडकर नेपालले पुर्याउने दाबी गरेका छन ।
शिक्षित बनौ,संगठित हौ र संघर्ष गरौ भन्ने मुल नाराका साथ स्थापना भएको मिशन अम्बेडकर नेपालले दलित,जनजाति,मुस्लिम बर्गका पक्षमा नेपालका विभिन्न जिल्लामा गएर दर्बिलो आवाज उठाउदै आएको छ ।
मिसन अम्बेडकर नेपाल टीकापुरका अध्यक्ष दिर्घ बहादुर तिरुवाको अध्यक्षतामा राजनीतिक तथा सामाजिक ब्यक्तित्वका बिच बहस भएको थियो ।बर्तमान राजनितिले नेपालका दलित ,जनजाति,मुस्लिम समुदायलाई छुन नसकेको टिप्पणी गरेका छन ।
बिगत देखि अहिले सम्मको ईतिहासमा यो पछाडि पारिएको समुदायलाई एउटा भोट बैंकका रुपमा सबै राजनीतिक पार्टिहरुले प्रयोग गरिरहेको हुदा अब एकबद्द भएर अगाडि बढ्नु पर्ने अध्यक्ष जगडिले बताए ।
भातरका तेक्वान्दो खेल प्रमुख कैलालीको टीकापुरका प्रकाश जैगडीलाई मिसन अम्बेडकर नेपालका केन्द्रिय अध्यक्ष जैगडिले सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
मिसन अम्बेडकर नेपाल टीकापुरका महासचिव रमेश सोपले सँचालन गरेको कार्यक्रममा ःल्इ का कमल घर्ती मगर,दलित अगुवा दिर्घ तिरुवा,प्रेम सिह बिक,बखत नेपाली,चर्क सुनार,धनसिह बिक,नरबहादुर भुल,रानी कर्णालि सामुदायिक बन टीकापुरका अध्यक्ष रमेश बिक,पत्रकार ,मँगल बास्कोटे,दलित अगुवा सुरज बिश्वकर्मा लगायतले बोलेका थिए । भने राष्ट्रिय कलाकार पर्वत जैगडी लगाएतको सहभागीता रहेको थियो ।